बंगलादेशमा संसद् विघटन

नेपालभ्युज

बंगलादेशमा संसद् विघटन

काठमाडौं । बंगलादेशमा संसद् भंग गरिएको छ । राष्ट्रपति महममद शाहबुदिनले संसद् भंग गरेको बंगलादेशको अखबार डेली स्टारले जनाएको छ ।

राष्ट्रपतिले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रपतिले तीनै तहका सशस्त्र बलका प्रमुख, विभिन्न राजनीतिक दलका नेता, नागरिक समाजका प्रतिनिधि र विभेद विरोधी विद्यार्थी आन्दोलनका नेताहरूसँगको छलफलपछि संसद् भंग गर्ने निर्णय गर्नुभएको छ ।’

आधा वर्ष अगाडि मात्रै चुनाव भएर बुहमत ल्याएकी शेख हसिनाले प्रधानमन्त्रीबाट राजीनामा दिएर भारत शरणमा पुगेको भोलिपल्ट संसद् विघटन गरिएको हो ।

अहिलेको संसद् बंगलादेशको १२औं संसद् हो । गत जनवरी ७ मा भएको चुनावबाट यो संसद चलन भएको थियो ।

विज्ञप्तीमा बीएनपी अध्यक्ष खालिदा जियालाई रिहा गरिएको पनि बताइएको छ । यसबाहेक जुलाई १ देखि अगस्टसम्म पक्राउ परेकाहरूलाई रिहा गर्ने प्रक्रिया सुरू भइसकेको र धेरैलाई रिहा गरिसकिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved