हसिना भागेको भोलिपल्टै रिहा भइन् बीएनपीकी अध्यक्ष जिया

नेपालभ्युज

हसिना भागेको भोलिपल्टै रिहा भइन् बीएनपीकी अध्यक्ष जिया

काठमाडौं । बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी)की अध्यक्ष बेगम खालिदा जिया रिहा भएकी छन् ।

शेख हसिना प्रधानमन्त्रीबाट राजीनामा दिएर भागेको भोलिपल्ट राष्ट्रपति मोहम्मद शहाबुद्धिनको निर्देशनअनुसार जिया रिहा भएकी हुन् ।

डेली स्टारका अनुसार राष्ट्रपति मोहम्मद सहबुद्दीनले जियासहित पछिल्लो आन्दोलनका क्रममा पक्राउ परेका सबैलाई रिहा गर्न निर्देशन दिएका थिए ।

जिया सन् २०१८ देखि जेलमा थिइन् । प्रधानमन्त्री शेख हसिना नेतृत्वको सरकारले पूर्वाग्रहका आधारमा उनलाई जेलमा पुर्‍याएको आरोप लाग्दै आएको थियो ।

हसिना नै आन्दोलनका कारण देश छोडेर भागेपछि जियाको रिहाईको बाटो खुलेको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved