लैङ्गिक समानताबारे लघु चलचित्र प्रतियोगिता, पाँच सय युरो पुरस्कार

नेपालभ्युज

लैङ्गिक समानताबारे लघु चलचित्र प्रतियोगिता, पाँच सय युरो पुरस्कार

काठमाडौं। लैङ्गिक समानताबारे लघु चलचित्र प्रतियोगिता आयोजना हुने भएको छ। नेपालस्थित युरोपियन युनियुनले बुधबार दशौँ संस्करणको नेपाल युरोपियन युनियन फिल्म फेस्टिभल (नियुफ)को सहायक कार्यक्रमको रूपमा असोजको १ देखि ९ गतेसम्म भर्चुअल रुपमा प्रतियोगिता आयोजना गर्ने घोषणा गरेको हो।

प्रतियोगितामा लैङ्गिक समानताका विषयमा बनेका फिल्म प्रतियोगीको रुपमा सहभागी हुन सक्ने युरोपियन युनियनले जनाएको छ।

लैङ्गिक विभेद, लैङ्गिक समानताका फाइदा, नेपालमा लैङ्गिक समानताको अवस्था आदि विषय उठाइएका फिल्मलाई प्रतियोगितामा प्राथमिकता दिइने पनि युरोपियन युनियनले उल्लेख गरेको छ। यी मात्र नभएर लैङ्गिक समानताका विषयलाई छुने अन्य विषयमा बनाइएका फिल्म पनि प्रतियोगितामा सहभागी हुन सक्नेछन्।

प्रतियोगितामा सहभागी हुने फिल्मकर्मी नेपाली नागरिक हुनुपर्छ भने नेपालमा बोलिने जुनसुकै भाषामा बनेका फिल्मको लम्बाई ४० मिनेट वा त्योभन्दा कम हुनुपर्ने युरोपियन युनियनको नियम छ। साथै, सबटाइटल पनि हुनुपर्छ। साथै, प्रतियोगितामा सहभागी हुने फिल्म सन् २०१८ पछि बनाइएको हुनुपर्नेछ।

प्रतियोगितामा उत्कृष्ट हुने फिल्मले ५ सय युरो प्राप्त गर्नेछ। यो प्रतियोगितामा उत्कृष्ट बनेको फिल्म नेपाल युरोपियन फिल्म फेस्टिभलको यो संस्करणमा नै प्रदर्शन पनि गरिनेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved