मन्त्रिपरिषद् विस्तारको सकस

गठबन्धनका नेता फकाउँदै प्रचण्ड

मालदार मानिने उद्योग र भौतिक पूर्वाधार मन्त्रालयमा जसपा र एकीकृत समाजवादी दुवैको दाबी रहेका कारण सरकार विस्तार हुन नसकेपछि प्रचण्डले मध्यस्थता थालेका हुन्।

नेपालभ्युज

गठबन्धनका नेता फकाउँदै प्रचण्ड

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धनमा देखिएको विवाद सुल्झाउनका लागि पहल शुरु गरेका छन्। प्रचण्डले आज जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसँग भेटेका छन्।

जसपा अध्यक्ष यादवको निवासमा सत्ता गठबन्धनका कांग्रेसबाहेक दलका शीर्ष नेताहरुबीच छलफल भएको हो। शीर्ष नेताबीचको छलफलमा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ पनि सहभागी भएका छन्।

सरकारलाई पूर्णता दिने तथा अन्य राजनीतिक विषयमा सत्ता गठबन्धनमा गडबड शुरु भएको समाचार बाहिरिएपछि प्रचण्ड छलफलमा जुटेका हुन्। जसपा र एकीकृत समाजवादीले एउटै मन्त्रालयमा दाबी गरेपछि सरकार विस्तार हुन नसकेको चर्चाका बीच प्रचण्डले मध्यस्थताको प्रयास थालेका हुन्।

मालदार मानिने उद्योग र भौतिक पूर्वाधार मन्त्रालयमा जसपा र एकीकृत समाजवादी दुवैको दाबी रहेका कारण सरकार विस्तार हुन नसकेपछि प्रचण्डले मध्यस्थता थालेका हुन्। जसपा र एकीकृत समाजवादीको रस्काकस्सीका कारण प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारलाई पूर्ण दिन सकेका छैनन्।

सत्तारुढ गठबन्धनबीच कांग्रेसले प्रधानमन्त्रीसहित ७ मन्त्रालय र माओवादी, एकीकृत समाजवादी र जसपाले ६-६ वटा मन्त्रालय लिने सहमति भएको थियो। मन्त्रालयको संख्यामा कुरा मिले पनि मन्त्रालयमा कुरा नमिल्दा मन्त्रिपरिषद् विस्तार अनिश्चित बनेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved