काठमाडौं । नेपाली कांग्रेसका नेता रामकृष्ण चित्रकारले बागमती प्रदेश सरकारको उद्योग, वाणिज्य, भूमि तथा प्रशासनको जिम्मेवारी पाएका छन् ।
प्रदेश सरकारका प्रवक्ता आन्तरिक मामिलामन्त्री गंगानारायण श्रेष्ठका अनुसार प्रदेशमा एक मन्त्रालय थपेर १२ मन्त्रालय पुर्याएसँगै चित्रकारले उक्त मन्त्रालयको जिम्मेवारी पाएका हुन् ।
यसअघि ११ मन्त्रालय मात्र रहँदा चित्रकार विना विभागीय मन्त्री थिए । सत्तारुढ गठबन्धनले यसअघि एक मन्त्रालय थप्ने सहमति गरेका थिए ।
श्रेष्ठका अनुसार अब बागमतीमा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, उद्योग, बाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, खानेपानी, ऊर्जा तथा सिंचाइ मन्त्रालय, संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, श्रम, रोजगार तथा यातायात मन्त्रालय, सामाजिक विकास मन्त्रालय र स्वास्थ्य मन्त्रालय गरी १२ मन्त्रालय रहेका छन् ।
Facebook Comment
Comment