स्कुटरको डिकीमा लुकाएर ल्याएको आठ लाख २० हजारसहित पक्राउ

नेपालभ्युज

स्कुटरको डिकीमा लुकाएर ल्याएको आठ लाख २० हजारसहित पक्राउ
सांकेतिक तस्वीर

मोरङ । विराटनगर महानगरपालिका-१८ भेडियारीबाट स्रोत नखुलेको नगद ८ लाख २० हजार रुपैयाँसहित झापा बिर्तामोड नगरपालिका-३ बस्ने ३४ वर्षीय उमेश साहलाई बुधबार प्रहरीले पक्राउ गरेको छ।

भारतबाट नेपालतर्फ आउँदै गरेको को२९प ८६४० नम्बरको स्कुटरलाई अस्थाई प्रहरी पोष्ट भेडियारीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा स्कुटरको डिकीमा लुकाई ल्याउँदै गरेको उक्त रुपैयाँ फेला पारी उनलाई पक्राउ गरेको हो ।

उनलाई आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान क्षेत्रीय कार्यालय इटहरी सुनसरीमा बुझाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved