चित्लाङ सडक खण्डमा सुमो दुर्घटना

नेपालभ्युज

चित्लाङ सडक खण्डमा सुमो दुर्घटना

काठमाडौं। आज (बिहीबार) बिहान करिब ९:३० बजे थानकोट चित्लाङ सडक खण्डमा यात्रुवाहक सुमो जिप  दुर्घटना भएको छ।

काठमाडौँबाट हेटौडा जान लागेको ना १ ज ६२६१  नम्बरको उक्त जिप चन्द्रागिरि नगरपालिका ४ स्थित कालो हिल नजिकै दुर्घटना भएको हो।

उक्त जिपले उकालोमा तान्न नसकेपछि चालकले जिपमा रहेका ११ यात्रुलाई ओरालेका थिए। यात्रु ओरालेर उकालो चढाउने प्रयास गर्दा उक्त जिप पछाडि हटेर सडक देखी  करिब ५० मिटर तल खसेर दुर्घटना भएको हो। जिपका चालक हाम फालेर बाच्न सफल भएका छन्।

उक्त सुमो जिपमा भएका ११ जना यात्रुहरूलाई  समन्वय गरेर अर्को गाडीमा पठाउने व्यवस्था हुँदै गरेको प्रहरीले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved