धारिलो हतियार देखाएर बुहारीलाई करणी गर्ने ससुरा पक्राउ

नेपालभ्युज

धारिलो हतियार देखाएर बुहारीलाई करणी गर्ने ससुरा पक्राउ
सांकेतिक तस्वीर

काठमाडौं । धारिलो हतियार देखाई बुहारी माथि करणी गरेको आरोपमा ससुरालाई प्रहरीले पक्राउ गरेको छ ।

गोरखाको सिरानचोक गाउँपालिका – ८ का ४१ वर्षीय व्यक्तिलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक रमेश कुमार श्रेष्ठका अनुसार बुहारीले दिएको जाहेरीका आधारमा ससुरालाई पक्राउ गरिएको हो ।

गत भदौ १० गते बिहान ९ बजेको समयमा आफ्नै घरमा बसिरहेको बेलामा आफ्नै ससुराले धारिलो हतियार घाँटीमा राखी मार्ने धाक धम्की देखाई जबरजस्ती करणी गरेको जाहेरीमा उल्लेख छ ।

पक्राउ परेका ससुरालाई जबरजस्ती करणी उद्योग कसुरमा मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला अदालत गोरखाबाट ७ दिनको म्याद थप गरी घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved