पत्रकार विनयकुमार यादवको मोटरसाइकल दुर्घटनामा निधन

नेपालभ्युज

पत्रकार विनयकुमार यादवको मोटरसाइकल दुर्घटनामा निधन

धनुषा । त्रिनेत्र न्यूज नेटवर्कद्धारा संचालित ई–न्यूज ब्यूरोडटकमका कार्यकारी सम्पादक विनयकुमार यादवको सवारी दुर्घटनामा परि निधन भएको छ ।

गएराती करिब १ बजे जनकपुर–ढल्केवर सडकखण्डमा उनले चलाएको मोटरसाईकल दुर्घटनामा परेको हो । ढल्केवरबाट धारापानीतर्फ जाँदै गरेको अवस्थामा दुर्घटना हुँदा पत्रकार यादवको तत्कालै निधन भएको थियो।

मोटरसाईकलको पछाडी सवार एक जनाको अवस्था गम्भीर छ । उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भईरहेको छ ।

ढल्केवरबाट साथी भेटेर घर  फर्किदैँ गर्दा मोटरसाईकल अनियन्त्रित भएर पोलमा ठोक्किएको थियो । उनको शव पोष्टमार्टमको लागि प्रादेशिक अस्पतालमा राखिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved