आईपीएलमा मुम्बईमाथि राजस्थानको सानदार जित

नेपालभ्युज

आईपीएलमा मुम्बईमाथि राजस्थानको सानदार जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा राजस्थान रोयल्सले मुम्बई इन्डियन्समाथि ९ विकेटको सानदार जित हासिल गरेको छ ।

सातौं जितका साथ राजस्थान शीर्षस्थानमा कायम रहदै प्लेअफ नजिक पुगेको छ ।

१८० रनको लक्ष्य राजस्थानले १८ दशमलव ४ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो ।

त्यसअघि राजस्थानको घरेलु मैदान जयपुरमा टस जितेर पहिला ब्याटिङ रोजेको मुम्बईले २० ओभरमा ९ विकेट गुमाउँदै १७९ रन बनाएको थियो ।

मुम्बई ८ खेलमा ३ मा जितसहित सातौं स्थानमा छ ।

आइपीएलमा आज चेन्नई सुपर किङ्स र लखनउ सुपर जाइन्ट्सबीच प्रतिस्पर्धा हुनेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved