माल्दिभ्समा ‘चीन समर्थक’ मोहम्मद मुइज्जुको ठूलो जित

नेपालभ्युज

माल्दिभ्समा ‘चीन समर्थक’ मोहम्मद मुइज्जुको ठूलो जित

काठमाडौं । माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जुको पार्टी पिपुल्स नेशनल कंग्रेसले संसदीय निर्वाचनमा दुई तिहाइभन्दा बढी सिट जितेको छ ।

गत वर्षको राष्ट्रपति निर्वाचनमा विजयी भएपछि यो निर्वाचनलाई उनको सबैभन्दा ठूलो राजनीतिक परीक्षाका रूपमा हेरिएको थियो ।

विज्ञहरूले पीपुल्स नेसनल कंग्रेसको यो जितलाई मुइज्जुको चीन समर्थक र भारत विरोधी नीतिहरूमा छापको रूपमा हेरिरहेका छन्।

माल्दिभ्सको ९३ सिट भएको मजलिसमा मुइज्जुको पार्टीले दुई तिहाइभन्दा बढी सिट जितेको छ ।

हालसम्म ८६ सिटको नतिजा सार्वजनिक भइसकेको छ । जसमध्ये उनको पार्टीले ६६ सिट जितेको छ ।

मुइज्जुको यो जित यसकारण पनि महत्वपूर्ण छ किनभने पछिल्लो संसदमा उनको पार्टी पिपुल्स नेसनल कंग्रेस र उनका सहयोगीहरूले जम्मा आठ सिट पाएका थिए।

जसका कारण उनीहरूलाई विधेयक पारित गराउन समस्या भएको थियो ।

पूर्व राष्ट्रपति तथा भारत समर्थक मोहम्मद सोलिहको पार्टी माल्दिभियन डेमोक्रेटिक पार्टीको संसदमा बहुमत थियो ।

बहुमतमा रहेकाले डेमोक्रेटिकले हालै मुइज्जु सरकारका तीन मन्त्रीको नियुक्ति रोकेको थियो र केही खर्च स्वीकृत गर्न पनि अस्वीकार गरेको थियो।

अब यदि मुइज्जुले बहुमतभन्दा बढी सिट प्राप्त गरेका छन् भने उसले देशमा चीनको लगानीसँग सम्बन्धित निर्णयहरू कार्यान्वयन गर्न सक्ने अनुमान गरिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved