श्रीलंकामा रेसिङ इभेन्टमा कार दुर्घटना हुँदा सात जनाको मृत्यु

नेपालभ्युज

श्रीलंकामा रेसिङ इभेन्टमा कार दुर्घटना हुँदा सात जनाको मृत्यु

काठमाडौं । श्रीलंकामा एक रेसिङ इभेन्टका क्रममा कार अनियन्त्रित भई दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । घटनामा १८ जना घाइते भएका छन् ।

स्थानीय सञ्चारमाध्यमका अनुसार यो दुर्घटना श्रीलंकाको सेन्ट्रल हिल्स क्षेत्रमा आइतबार भएको हो ।

मृत्यु हुनेमा दौड आयोजना गर्ने अधिकारी, दर्शक र ८ वर्षीया बालिका रहेको श्रीलंकाली सेनाले जनाएको छ ।

दौड श्रीलंकाली सेनाले दियातलावामा आयोजना गरेको थियो । र, यो श्रीलंकाली सेनाको २८औं कार्यक्रम थियो।

बीबीसीका अनुसार दौड प्रतियोगिता हेर्न करिब एक लाख दर्शक पुगेका थिए । तर, यो दुर्घटनापछि कार्यक्रम बीचमै रद्द भएको थियो ।

प्रहरीले दुर्घटनाको अनुसन्धान गरिरहेको जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved