रोमाञ्चक खेलमा बैंगलुरमाथि कोलकताको एक रनको जित

नेपालभ्युज

रोमाञ्चक खेलमा बैंगलुरमाथि कोलकताको एक रनको जित

कोलकाता । इन्डियन प्रिमियर लिग (आईपीएल) को ३६ औँ खेलमा कोलकाता नाइटराइडर्सले रोयल च्यालेन्जर्स बैंगलुरुलाई १ रनले पराजित गरेको छ ।

बैंगलुरुका लागि  विलले सर्वाधिक ५५ रन बनाए । उनले ३२ बलमा ४ चौका र ५ छक्का प्रहार गरे । रजतले २३ बलमा ५२ रन बनाए भने विल ज्याक्स र रजत पटिदारले अर्धशतीकय इनिङ्स खेले । यस्तै दिनेश कार्तिकले २५ रन तथा सुयश प्रभुदेसाईले २४ रन बनाए । बैंगलुरुका लागि यश दयाल र क्यामरुन ग्रिनले २–२ विकेट तथा मोहम्मद सिराज र लोकी फर्गुसनले १–१ विकेट लिए ।

कोलकाताका लागि आन्द्रे रसलले ३ तथा सुनिल नरेन र हर्षित रानाले २–२ विकेट लिए । कप्तान श्रेयर ऐयरले सर्वाधिक ५० रनको योगदान दिए । उनले ३६ बलमा ७ चौका र १ छक्का प्रहार गरे ।  त्यस्तै, ओपनर फिल साल्ट १४ बलमा ४८ रन बनाए । उनले चौका र ३ छक्का प्रहार गरे । यसैगरी आन्द्रे रसलले २७ तथा रिंकु सिंह र रमनदीप सिंहले २४–२४ रन बनाए ।

कोलकाताले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा २ सय २२ रन बनाएको थियो । प्रतियोगितामा बैंगलुरुको यो लगातार सातौँ हार हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved