कांग्रेसको टिप्पणी- सत्ता गठबन्धन आफ्नै अविश्वासको बोझले चाँडै पतन हुन्छ

नेपालभ्युज

कांग्रेसको टिप्पणी- सत्ता गठबन्धन आफ्नै अविश्वासको बोझले चाँडै पतन हुन्छ

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सत्ता गठबन्धनलाई ‘अप्राकृतिक’ गठबन्धन भनेको छ ।

शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले गठबन्धनलाई अप्राकृतिक भनेका हुन् । “यो गठबन्धन अप्राकृतिक तवरले बनेको छ । यो औसत खाले गठबन्धन हो,” उनले भने ।

गठबन्धनमा विश्वासको अंशसमेत नरहेको उनको टिप्पणी छ । “त्यो प्रदेश सरकार गठनको प्रक्रियामा पनि देखिएको छ । त्यहाँ रतिभर पनि विश्वास छैन,” उनले भने, “गठबन्धन आफ्नै अविश्वासको बोझले थिचिएर चाँडै पतन हुनेछ ।”

गठबन्धन आफैँ पतन हुने भएकाले कांग्रेसले कुनै चलखेल गर्नै नपर्ने उनले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved