कांग्रेसले गण्डकी प्रदेशसभा बैठक बहिष्कार गर्ने, असंवैधानिक भएको निष्कर्ष

नेपालभ्युज

कांग्रेसले गण्डकी प्रदेशसभा बैठक बहिष्कार गर्ने, असंवैधानिक भएको निष्कर्ष

काठमाडौं । नेपाली कांग्रेसले गण्डकी प्रदेशको प्रदेशसभा बैठक बहिष्कार गर्ने भएको छ ।

शुक्रबार बसेको संसदीय दलको बैठकले संसद बैठक र कार्यव्यवस्था परामर्श समितिको बैठक समेत बहिष्कार गर्ने निर्णय गरेको दलका नेता सुरेन्द्रराज पाण्डेले जानकारी दिए ।

असंवैधानिक हिसाबले बोलाइएको बैठकमा सहभागी नहुने निर्णय भएको पाण्डेको भनाई छ । कांग्रेसले बैठकको निर्णयसहित ज्ञापनपत्र सभामुख कृष्ण धिताललाई बुझाएको छ ।

‘सभामुखको पदीय मर्यादालाई दलीयकरण गरी असंवैधानिक एवं गैरकानुनी रुपमा सरकार गठन भएको थियो । सर्वोच्च अदालतबाट प्रदेश सरकारलाई नियमित कार्य सञ्चालन बाहेक दीर्घकालीन असर पर्ने प्रकृतिका निर्णय नगर्न आदेश भएको थियो, यस्तो परिस्थितिमा प्रदेशसभाको अधिवेशन बोलाइएकोले उक्त अधिवेशन बोलाउने कार्य पनि गैरकानुनी र सर्वोच्चको आदेश विपरीत कार्य हो ।’ ’ पत्रमा भनिएको छ ।

आदेश र मुद्दाको पेशी समेतलाई बेवास्ता गर्दै अधिवेशन आह्वान गर्न सिफारिस गर्नु र प्रदेश प्रमुखले अधिवेशन आह्वान गर्नु दुवै गैरजिम्मेवार काम भएको कांग्रेसको भनाई छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved