एसीसी प्रिमियर कप : सेमिफाइनलमा यूएईविरुद्ध भिड्दै नेपाल

नेपालभ्युज

एसीसी प्रिमियर कप : सेमिफाइनलमा यूएईविरुद्ध भिड्दै नेपाल

काठमाडौं । एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपाल आज चिरपरिचित प्रतिद्वन्द्वी  यूएईसँग भिड्दैछ । खेल शुक्रबार बिहान ११ ः ४५ मा सुरु हुँदैछ । नेपाल समूह ‘ए’ मा अपराजित रहँदै समूह विजेता बनेको हो । समूह ‘बी’को उपविजेता यूएई हो ।

अघिल्लो शुक्रबार भएको पहिलो खेलमा मलेसियालाई पाँच विकेटले हराएको नेपालले शनिबार कतारलाई ३२ रनले पराजित गरेको थियो । तेस्रो खेलमा हङकङमाथि आठ विकेटको शानदार जित दर्ता गरेको नेपालले अन्तिम खेलमा साउदीलाई ६ विकेटले हराएको थियो ।

सेमिफाइनलको दोस्रो भिडन्त आयोजक ओमान र हङकङ बिच हुँदैछ । ओमान समूह ‘बी’को विजेता हो भने हङकङ समूह ‘ए’को उपविजेता हो ।  यो खेल दिउँसो ४ः१५ बजे सुरु हुँदै छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved