कांग्रेस सांसद दीपक खड्काले हडपेको लैनचौरको जग्गामा शिलबन्दी

नेपालभ्युज

कांग्रेस सांसद दीपक खड्काले हडपेको लैनचौरको जग्गामा शिलबन्दी

काठमाडौं । प्रतिनिधिसभा सांसद तथा कांग्रेस केन्द्रीय सदस्य दीपक खड्काले हडपेको स्वयंसेवी संस्था नेपाल स्काउट केन्द्रीय कार्यालयको जग्गा र त्यहाँका भवनमा प्रशासनले ताला लगाएको छ ।

नेपाल स्काउट, केन्द्रीय कार्यालयको लैनचौरस्थित ३ रोपनी जग्गामा बिहीबार साँझ प्रहरीसहित प्रशासनको टोली र जनप्रतिनिधिले सिलबन्दी गरेका हुन् ।
कांग्रेस सांसद खड्काद्वारा स्काउटको १२ रोपनी जग्गा र भवन कब्जा गरिएको थियो ।

स्काउटको जग्गा भाडामा लिएका सांसद खड्काले आसपासमा थप ९ रोपनी जग्गासमेत हडपेका छन् । स्काउटका जग्गा र भवन नियन्त्रणमा लिएका खड्काले १५ वर्षदेखि अन्य व्यापारिक संस्थालाई दिएर भाडा असुलिरहेका थिए । स्काउटको सम्पत्ति खाली गर्न अदालतले आदेश दिँदा पनि उनलाई यसअघि सरकारले हटाउन सकेको थिएन ।

स्काउटको तालुक मन्त्रालय युवा तथा खेलकुद मन्त्रालयमा विराजभक्त श्रेष्ठ आएपछि अदालतको आदेशअनुसार जग्गा र भवन खाली गराउनुको सट्टा छानबिन समिति गठन गरेका छन् ।

खड्का सञ्चालक रहेको श्री खड्का ल्यान्ड डेभलपमेन्ट प्रालिले स्काउटसँग २०६५ मा सम्झौता गरी ३ रोपनी जग्गा १० वर्षका लागि भाडामा लिएको थियो ।

सम्झौताको म्याद २०७५ मै सकिए पनि सम्झौताअनुसार भाडाबापतको ६ करोड ३० लाख १८ हजार रुपैयाँ भुक्तानी खड्काले भुक्तानी गरेका छैनन् ।
खड्काको कम्पनीले ३ रोपनी जग्गा लिएपनि आसपासको थप ९ रोपनी जग्गा १५ वर्षदेखि हडपेर दुरुपयोग गरिरहेका छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved