यी हुन् मन्त्रिपरिषद् बैठकका पाँच निर्णय

नेपालभ्युज

यी हुन् मन्त्रिपरिषद् बैठकका पाँच निर्णय

काठमाडौं । सरकारले तीन जना सहसचिवलाई सचिवमा बढुवा गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले बढुवा गरेको सरकारको प्रवक्ता एवं सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

बैठकले सचिवमा बढुवासहित विभिन्न ५ वटा निर्णयहरू गरेको छ ।

निर्णयहरू

  • संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वाग्मती प्रदेशको प्रमुख सचिव पदमा सहसचिव गोविन्दबहादुर कार्कीलाई कायम मुकायम मुकरर गरी प्रदेश प्रमुख सचिवको पदमा कामकाजमा खटाउने ।
  • स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रस्तावमा स्वास्थ्य सेवा विभागको संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति दिने ।
  • नेपाल लेखापरीक्षण सेवाको समूहीकरण तर्फको राजपत्रांकित विशिष्ट श्रेणीको पदमा बैकुण्ठबहादुर अधिकारीलाई बढुवा गर्ने ।
  • नेपाल प्रशासन सेवा समूहीकरण तर्फको राजपत्रांकित विशिष्ट श्रेणीको पदमा केदारनाथ शर्मालाई बढुवा गर्ने ।
  • राष्ट्रिय मानव अधिकार आयोगको सचिवमा मुरारीप्रसाद खरेललाई नियुक्त गर्ने ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved