प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

नेपालभ्युज

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सत्ता साझेदार दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । ओली प्रधानमन्त्री प्रचण्डलाई भेट्न सिंहदरबार पुगेका हुन् ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले सत्ता गठबन्धनमा असन्तुष्टि जनाउँदै कांग्रेस सभापति शेरबहादुर देउवासँग वार्ता गरेपछि ओली-प्रचण्डबीच वार्ता भएको हो ।

नेपाल र देउवाबीच बुधबार राति भएको भेटमा वैकल्पिक गठबन्धन बनाउने सहमति भएको स्रोतको भनाई छ । त्यसलगत्तै ओली प्रचण्डलाई भेट्न सिंहदरबार पुगेका हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved