देउवा-नेपाल भेट :

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कांग्रेसले एकीकृत समाजवादीका सोडारीलाई सहयोग गर्ने

नेपालभ्युज

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कांग्रेसले एकीकृत समाजवादीका सोडारीलाई सहयोग गर्ने

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

कांग्रेस नेता डा. नारायण खड्काको निवासमा देउवा र नेपालबीच बुधबार बेलुका भेटवार्ता भएको हो ।

भेटमा सुदूरपश्चिम प्रदेशमा सरकार गठनमा देखिएको समस्याबारे कुराकानी भएको स्रोतले बताएको छ ।

सुदूरपश्चिमको मुख्यमन्त्रीमा दाबी पेस गरेका नेकपा एकीकृत समाजवादीका नेता दीर्घ सोडारीलाई नेकपा एमालेले समर्थन गर्न आनाकानी गरिरहेको बेला देउवा र नेपाल बीचको भेटलाई अर्थपूर्ण रूपले हेरिएको छ ।

स्रोतका अनुसार दुई नेताबीच सुदूरपश्चिममा सोडारीलाई नेकपा एमालेले साथ नदिए कांग्रेसले सघाउने सहमति भएको छ ।

तर, देउवा केही सर्त राखेर सोडारीको नेतृत्वमा सरकार बनाउन सहमत भएको बताइएको छ ।

करिब डेढ घण्टा भएको कुराकानीमा दुई नेताबीच वैकल्पिक समीकरणका विषयमा पनि कुराकानी भएको बताइएको छ ।

नेपाल बाध्यात्मक रूपमा वर्तमान सत्ता गठबन्धनमा बस्नुपरेको भन्दै गुनासो गरिरहेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved