आजको मौसम : केही ठाउँमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

नेपालभ्युज

आजको मौसम : केही ठाउँमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

काठमाडौं । आज कोशी प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ।

कोशी प्रदेशको पहाडी भूभागको एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका तराई भूभागका थोरै स्थानहरूमा हावा हुरीको सम्भावना रहेको छ ।

राती देशभर आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved