कुर्कुच्चाको दुखाईबाट राहत पाउन गरिने कसरत

नेपालभ्युज

कुर्कुच्चाको दुखाईबाट राहत पाउन गरिने कसरत

एजेन्सी । धेरै महिलामा अहिले कुर्कुच्चा दुख्ने समस्या देखिने गर्छ । यसको पछाडि धेरै कारणहरू हुन सक्छन् । खराब खानपान तथा जीवनशैली, शरीरको तौल बढ्नु, अग्लो हिल भएको स्यान्डल तथा जुत्ता लगाउनु आदि पनि पर्दछन् ।

यदी तपाईंको पनि यस्तै समस्या छ भने हामी केही कसरतहरूका बारेमा बताउनेछौं जसलाई नियमित गरेर तपाईं कुर्कुच्चा दुख्ने समस्याबाट छुट्कारा पाउन सक्नुहुन्छ ।

हिल रेज कसरत
यो कसरत गर्नु एकदमै सजिलो हुन्छ । हिल रेज कसरत गर्नका लागि तपाईं पहिला जमिनमा सिधा उभिनुहोस् । त्यसपछि आफ्नो खुट्टाको पञ्जाको बलमा उभिने कोसिस गर्नुहोस् ।

यसक्रममा तपाईंको शरीरको भार सबै औंलामा आउनेछ । अब कुर्कुच्चालाई माथि उठाउँदै शरीरलाई तन्काउनुहोस् । केही सेकेन्डका लागि यही पोजिशनमा उभिरहनुहोस् र पुनः सामान्य अवस्थामा आउनुहोस् ।

यो कसरतलाई १० मिनेट गर्दा तपाईंको कुर्कुच्चाको दुखाईमा एकदमै राहत हुनेछ । साथमा खुट्टा दुख्ने वा पाट्टिएको पनि निको हुन्छ ।

फुट रेज कसरत
यो कसरत हिल रेजको विल्कुल विपरित हुन्छ । यसलाई गर्नका लागि जमिनमा सिधा उभिनुहोस् । त्यसपछि कुर्कुच्चालाई जमिनमा राखेर पञ्जालाई माथितिर तन्काउनुहोस् ।

केहीबेर पञ्जालाई तन्काएपछि सामान्य पोजिशनमा आउनुहोस् । ध्यान दिनुहोस् यस क्रममा तपाईंका कुर्कुच्चा जमिनमा टेकिइरहनु पर्दछ । यस कसरतलाई पाँच देखि दश मिनेट गर्नु फाइदाजनक हुन्छ ।

टो स्क्रन्च र स्प्ले
यसलाई तपाईं बिस्तारामै सुतेर पनि गर्न सक्नुहुन्छ । विशेषगरी यदी सुतेर उठ्नेबेला कुर्कुच्चा दुख्ने गर्छ भने उठ्नुअघि यो कसरत गर्नुहोस् । यसका लागि पल्टिएर खुट्टा सिधा राख्नुहोस् । खुट्टालाई अगाडितिर मोडेर मुट्ठी बनाउने कोसिस गर्नुहोस् ।

यसरी नै यो कसरतलाई उल्टो पनि गर्नुहोस् । एकपटक खुट्टाको पञ्जालाई तलतिर र एकपटक माथितिर तन्काउनुहोस् । केही बेर यो कसरत गरेपछि तपाईं खुट्टामा केही आराम महसुस गर्न सक्नुहुन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved