कोशी, बागमती र गण्डकी प्रदेशसहित पहाडी भेगमा वर्षाको सम्भावना

नेपालभ्युज

कोशी, बागमती र गण्डकी प्रदेशसहित पहाडी भेगमा वर्षाको सम्भावना

काठमाडौं । कोशी प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक बदली भएको छ । अन्य भागमा भने मौसम सफा रहेको छ ।

आज दिउँसो मुलुकका पहाडी भू–भागमा आंशिक बदली रहनेछ भने बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानका साथै अन्य प्रदेशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जन सहित हल्का वर्षाको सम्भावना छ ।

उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भाना छ । काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १२ डिग्री सेल्सियस मापन गरिएको छ भने अधिकतम तापक्रम २९ दशमलव ४ डिग्री पुग्ने अनुमान गरिएको छ ।

काठमाडौंमा पछिल्लो २४ घण्टामा १ मिलिमिटर वर्षा भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved