पहाडी भेगमा आंशिक बदली, केही स्थानमा मेघ गर्जनसहितको वर्षा

नेपालभ्युज

पहाडी भेगमा आंशिक बदली, केही स्थानमा मेघ गर्जनसहितको वर्षा

काठमाडौं । पश्चिमी र स्थानीय वायुको प्रभावका कारण अहिले मुलुकका पहाडी भेगमा आंशिक बदली छ भने बाँकी भेगको मौसम सफा रहेको छ ।

कोशी प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागको मौसम मुख्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागका केही स्थान साथै बाँकी पहाडी भू–भागको एक–दुई स्थानमा मेघगर्जन /चट्याङ्ग(Lightening) सहित हल्का वर्षा(Rain)को सम्भावना छ । देशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।

काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ११ दशमलव ६ डिग्री सेल्सियस मापन गरिएको छ भने अधिकतम तापक्रम २९ दशमलव २ डिग्री पुग्ने अनुमान गरिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved