श्रम मन्त्री अर्यालसँग नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीको शिष्टाचार भेट

नेपालभ्युज

श्रम मन्त्री अर्यालसँग नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीको शिष्टाचार भेट

काठमाडौं । नवनियुक्त श्रम, रोजगार तथा सामाजीक सुरक्षा मन्त्री डोल प्रसाद अर्याल र नेपाल उद्योग वाणिज्य महासंघको  टोलीबीच शिष्टाचार भेट भएको छ ।

मंगलबार मन्त्रालयमा पुगेको मन्त्रालयमा पुगेको नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषदका सभापती ज्योत्सना श्रेष्ठ सहितको टोलीले   मन्त्री अर्याललाई शुभकामना तथा बधाई दिएको दियो ।

भेटको क्रममा सभापति श्रेष्ठले छिटफुट घटनाहरु बहेक श्रम सम्बन्धमा खासै समस्याहरु नभएको र श्रम सम्बन्धलाई भरपर्दो, बलियो र उत्पादकत्व बृद्धि गर्न तर्फ जोड दिनुपर्ने महासंघको धारणा रहेको बताइन् ।  भेटका क्रममा महासंघको टोलीले  देशबाट सिपयुक्त श्रम शक्ति बाहिरिरहँदा र भोली देशले भोग्न पर्ने श्रम चुनौतीलाई अहिले नै मनन गरेर श्रमिकहरुका लागि तालिम कार्यक्रमहरु संचालन र तिनीहरुलाई उत्पादनमूलक क्षेत्रमा लगाईराख्न पर्ने कुरामा ध्यानाकर्षण गरायो ।

मन्त्री अर्यालले महासंघले उठाएका विषय गम्भीर रहेको र त्यस मध्ये प्रदेशमा रहेका उच्च अदालतहरुलाई ऐनको दफा १५८ अनुसार क्षेत्राधिकार तोकी श्रम अदालतको काम गर्न दिने भने विषयमा बागमतीलाई काठमाडौंले हेर्ने र बाँकी सबै ६ प्रदेश स्थित उच्च अदालतहरुलाई अधिकार दिने गरी मन्त्रालयबाट काम भइसकेको जानकारी गराए  ।

श्रमिकलाई तालीम दिने सम्बन्धमा मन्त्रालयले तालिम दशक मनाउदैं गरेकाले त्यसका लागि  महासंघसंग सहकार्य गरेर अगाडी बढ्ने कुरामा मन्त्रालयमा छलफल भइरहेको बताए । उनले अन्तराष्ट्रिय श्रम संगठन महासन्धि नं. ८७ का सम्बन्धमा मन्त्रालयमा छलफल भइरहेको बारे जानकारी दिए ।

मन्त्री अर्यालले यी सबै पक्षको दिगो सुधार तथा देशको अर्थतन्त्रको विकासका लागि सरकार र निजी क्षेत्रबीच थप सहकार्य आवाश्यक रहेकोमा जोड दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved