यामलाल कँडेल कर्णालीको मुख्यमन्त्री नियुक्त

नेपालभ्युज

यामलाल कँडेल कर्णालीको मुख्यमन्त्री नियुक्त

काठमाडौं । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता यामलाल कँडेल नियुक्त भएका छन् ।

प्रदेश प्रमुख तिलक परियारले मंगलबार कँडेललाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

कँडेलले गठबन्धनमा रहेका  एमाले, नेकपा माओवादी केन्द्र र नेकपा एकीक‌ृत समाजवादीका २३ सांसदले हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।

गठबन्धन दलबीच केन्द्रमा भएको सहमतिअनुसार कर्णाली प्रदेश एमालेको भागमा परेपछि माओवादी केन्द्रका नेता राजकुमार शर्माले मुख्यमन्त्रीबाट राजीनामा दिएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved