सुदूरपश्चिममा नागरिक उन्मुक्तिभित्र विवादहरु बल्झिदै, दलका नेता घनश्याम चौधरी बर्खास्त

नेपालभ्युज

सुदूरपश्चिममा नागरिक उन्मुक्तिभित्र विवादहरु बल्झिदै, दलका नेता घनश्याम चौधरी बर्खास्त

काठमाडौं । सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टीभित्र विवादहरु बल्झिदै गएका छन् । सोही क्रममा प्रदेश सभामा संसदीय दलका नेता घनश्याम चौधरी बर्खास्तमा परेका छन् ।
पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले सोमबार आर्थिक मामिला मन्त्री समेत रहेका घनश्याम चौधरीलाई हटाएर सांसद कैलाश चौधरीलाई दलको नेताको जिम्मेवारी तोकेकी छन् ।

अध्यक्ष चौधरीले केन्द्रिय समितिको बैठकको निर्णय उल्लेख गर्दै सभामुख भीमबहादुर भण्डारीलाई पत्राचार गरेकी छन् ।

उनले यसअघि संसदीय दलको नेताका रुपमा घनश्याम चौधरीले कामकाज गर्ने सहमति भएकोमा चौधरीले दलको निर्देशनको पालना नगरेकाले उनलाई परिवर्तन गरेर कैलाश चौधरीलाई संसदीय दलको नेताको कार्य गर्ने जिम्मेवारी तोक्ने निर्णय गरिएको पत्रमा उल्लेख छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved