झलनाथको दाबी : इलाम-२ मा एकीकृत समाजवादीले जित्छ

नेपालभ्युज

झलनाथको दाबी : इलाम-२ मा एकीकृत समाजवादीले जित्छ

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा आफ्नो पार्टीले चुनाव जित्ने दाबी गरेका छन् ।

शनिवार इलाममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले आफ्नो पार्टीका उम्मेदवार जितबहादुर राईले चुनाव जित्ने बताए ।

अरू पार्टीहरूले उम्मेदवारी फिर्ता लिएर एकीकृत समाजवादीका उम्मेदवारलाई चुनावमा सहयोग गर्नसमेत उनले आह्वान गरे ।

खनालले नेपालको राष्ट्रिय राजनीति राम्रो ढंगले अल्मलिएको बताए । पछिल्लो सत्ता गठबन्धनका नेताहरूले बुद्धि पुर्याएर सत्ता गठबन्धन अघि बढाउनुको विकल्प नरहेको उनले जिकिर गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved