युक्रेनको खार्किभ सहरमा रुसी ड्रोन आक्रमण, ६ जनाको मृत्यु

नेपालभ्युज

युक्रेनको खार्किभ सहरमा रुसी ड्रोन आक्रमण, ६ जनाको मृत्यु

काठमाडौं । युक्रेनको खार्किभ सहरमा रुसी ड्रोन आक्रमणमा परी ६ जनाको मृत्यु भएको छ ।

मेयर इहोर तेरेखोभका अनुसार रुसले इरानमा निर्मित शाहिद ड्रोनले शनिबार बिहान केही अपार्टमेन्ट ब्लकहरूसहित धेरै भवनहरूमा प्रहार गरेको थियो।

खार्किव रुसी सीमानाको सबैभन्दा नजिकको युक्रेनी सहर हो। पछिल्लो समय रुसले आफ्नो आक्रमणलाई तीव्र बनाएको छ ।

युक्रेनी अधिकारीहरूले यो सहरमा रुसले थप आक्रमण गर्न सक्ने बताएका छन् ।

मेयर तेरेखोभले टेलिग्राम मेसेजिङ एपमा हमलामा कम्तीमा १० जना घाइते भएको बताएका छन् ।

केही अपार्टमेन्ट ब्लक, पेट्रोल स्टेशन र प्रशासनिक भवन र कारमा क्षति पुगेको प्रहरीले जनाएको छ ।

शुक्रबार युक्रेनले ६ रुसी विमान नष्ट गरेको दाबी गरेको छ । त्यसको जवाफमा रुसले आक्रमण तीव्र पारेको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved