जेलमा इमरानको विलासी जिवनशैली : मासिक १२ लाख रुपी खर्च गर्दै सरकार

नेपालभ्युज

जेलमा इमरानको विलासी जिवनशैली : मासिक १२ लाख रुपी खर्च गर्दै सरकार

काठमाडौं । गतवर्षको अगस्टदेखि पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान विभिन्न मुद्दामा जेल जिवन बिताइरहेका छन् ।

उनलाई तोसखाना मुद्दामा ३ वर्ष कैद सजाय सुनाइएको छ । गत फेब्रूअरीमा भएको चुनावको केहीदिन अघि खानलाई तीनवटा मुद्दामा कुल ३१ वर्षको सजाय सुनाइएको थियो।

जेलमा पनि खान उच्च सुविधासहित सजाय काटिरहेका छन् । रावलपिंडीको अदियाला जेलमा रहेका खानका लागि ७ वटा कक्ष छुट्याएको छ ।

सामान्यतया कारागारमा १० जना कैदीको सुरक्षाका लागि एकजना कर्मचारी तैनाथ हुन्छन् । तर, खानको सुरक्षाका लागि मात्रै १४ सुरक्षाकर्मी अडियाला जेलमा छन् ।

यति मात्र होइन, जेलमा खानका लागि छुट्टै खाना बनाइन्छ । यो अन्य कैदीहरूलाई दिइँदैन।

पाकिस्तानको पञ्जाब सरकारले बुधबार लाहोर उच्च अदालतमा सुनुवाईको क्रममा यो जानकारी दिएको हो।

खानको सुरक्षाका लागि हरेक महिना करिब १२ लाख पाकिस्तानी रूपी(३.६२ लाख भारतीय रूपैयाँ) खर्च हुने गरेको अदालतले जनाएको छ ।

हाईकोर्टमा सुनुवाईका क्रममा पञ्जाब सरकारका वकिल खालिद इशाकले भने, ‘जेलमा खानको कोठरी वरपरका ६ कक्षहरू उनको लागि आरक्षित गरिएको छ।’

यसबाहेक त्यहाँ थप सीसीटीभी क्यामेराहरू खानको सुरक्षालाई ध्यानमा राख्दै लाहोर उच्च अदालतमा उनलाई पूर्ण सुरक्षा उपलब्ध गराउन माग गरिएको छ ।

करिब एक महिनाअघि अफगानिस्तानका आतंकवादीले अडियाला जेलमा आक्रमण गर्ने प्रयास गरेका थिए ।

डन न्यूजका अनुसार यस अवधिमा प्रहरीले ३ आतंककारीलाई पक्राउ गरेको थियो । उनीहरूबाट धेरै हतियार, ग्रेनेड, आईईडी र जेलको नक्सा बरामद भएको छ ।

पूर्वप्रधानमन्त्री इमरान खानलाई अहिलेसम्म ४ वटा मुद्दामा ३४ वर्षको जेल सजाय सुनाइएको छ । जसमा तोशाखाना, गोप्य चिठी चोरी मुद्दा र बुशरासँग अवैध विवाह मुद्दा समावेश छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved