हसिना खानलाई प्रतिनिधिसभा सदस्यमा सिफारिस गर्ने जसपाको निर्णय

नेपालभ्युज

हसिना खानलाई प्रतिनिधिसभा सदस्यमा सिफारिस गर्ने जसपाको निर्णय

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले समानुपातिक तर्फबाट हसिना खानलाई प्रतिनिधिसभा सदस्य बनाउने निर्णय गरेको छ ।

बिहीबार ललितपुरको बालकुमारीमा बसेको केन्द्रीय कार्यकारिणी समिति बैठकले खानलाई समानुपातिक सांसदका निम्ति निर्वाचन आयोगसमक्ष सिफारिस गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

चैत ४ गते पार्टीकी सांसद मञ्जु अन्सारीको निधन भएपछि प्रतिनिधि सभाको समानुपातिकतर्फ एक स्थान रिक्त छ ।

मुस्लिम क्लस्टरबाट प्रतिनिधिसभा सदस्य बनेकी शहनाज रहमानको २०७९ फागुन १३ गते निधन भएपछि रिक्त स्थानमा अन्सारी सांसद बनेकी थिइन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved