सुदूरपश्चिम र लुम्बिनी प्रदेशका मुख्यमन्त्री राजीनामा दिने मुडमा, विश्वासको मत जुटाउन सकस

नेपालभ्युज

सुदूरपश्चिम र लुम्बिनी प्रदेशका मुख्यमन्त्री राजीनामा दिने मुडमा, विश्वासको मत जुटाउन सकस

काठमाडौं । केन्द्रमा राजनीतिक समिकरण फेरिएसँगै सात वटै प्रदेशको राजनीति अस्थिर बनेको छ । माओवादीले समर्थन फिर्ता लिएपछि सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले आज विश्वासका मत लिने तयारी गरेका छन् ।

विश्वासको मतको लागि दिउँसो तीन बजे प्रदेश सभा बैठक बोलाइएको छ । विश्वासको मत नपाए कांग्रेस नेतृत्वको सरकार सुदूरपश्चिम प्रदेशमा ढल्ने छ । शाहले बहुमत पाउने सम्भावना न्यून छ । नागरिक उन्मुक्ति पार्टी भित्रको विवादका कारण उनले विश्वासको मत पाउने स्थिति देखिदैन ।

उनीसँग बहुमत पुर्याउने या राजीनामा दिने दुईवटा मात्र विकल्प छ । कतिपयले भने शाहले राजीनामा दिन सक्ने बताएका छन् ।

प्रदेश सभाको सबभन्दा ठूलो दल कांग्रेसका १८ सांसद छन् । कूल ५२ सदस्यीय रहेको प्रदेश सभामा बहुमतका लागि २७ सांसदको समर्थन चाहिन्छ । नागरिक उन्मुक्ति पार्टीका सात जना प्रदेश सभा सदस्यले मत दिँदा पनि शाहलाई बहुमत पुग्दैन ।

त्यसका लागि राप्रपाका एक र स्वतन्त्र एक प्रदेश सभा सदस्यले पनि मत दिनु पर्ने छ । त्यो सम्भावना अत्यन्तै न्यून देखिन्छ ।

यस्तै लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पनि आज विश्वासको मत लिने तयारी गरेका छन् । त्यसका लागि प्रदेशसभाको बैठक दिउँसो ४ बजे बोलाइएको छ ।

चौधरी नेतृत्वको सरकारमा अहिले नागरिक उन्मुक्ति, जसपा, लोसपा र जनमत सहभागी छन् । लुम्बिनीमा एमालेका २९, कांग्रेसका २७, सभामुखबाहेक माओवादी केन्द्रका १०, राप्रपा र नागरिक उन्मुक्तिका चार–चारजना सांसद छन् । यो प्रदेशमा पनि मुख्यमन्त्री चौधरीले विश्वासको मत पाउन सक्ने सम्भावना देखिदैन ।

नयाँ समिकरणमा लुम्बिनी प्रदेशको नेतृत्व माओवादी केन्द्रको भागमा परेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved