कर्णालीका मुख्यमन्त्री शर्माले बुझाए राजीनामा

नेपालभ्युज

कर्णालीका मुख्यमन्त्री शर्माले बुझाए राजीनामा

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले प्रदेश प्रमुख तिलक परियारसमक्ष राजीनामा पेस गरेका छन् ।

बुधबारको कर्णाली प्रदेशसभामा दर्ता भएको विश्वासको मत पाउँ भन्ने प्रस्ताव फिर्ता लिदैँ शर्माले राजीनामा दिने घोषणा गरेका थिए । त्यसलगत्तै शर्माले प्रदेश प्रमुखसमक्ष राजीनामा पेश गरेका हुन् ।

लामो रस्काकस्सीपछि कर्णालीका मुख्यमन्त्री मुख्यमन्त्री राजकुमार शर्माले राजीनामा दिएसँगै र एमालेलाई सरकार हस्तान्तरण गर्न तयार भएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved