केन्द्रको दबाब थेग्न नसकेपछि कर्णालीका मुख्यमन्त्री शर्मा राजीनामा दिन तयार

केन्द्रको दबाब थेग्न नसकेपछि कर्णालीका मुख्यमन्त्री शर्मा राजीनामा दिन तयार

सुर्खेत । कर्णालीका मुख्यमन्त्री राजकुमार शर्मा केन्द्रको दबाब थेग्न नसकेपछि अन्ततः राजीनामा दिन तयार भएका छन् ।

प्रदेश सभामा विश्वासको मत पाउँ भन्ने प्रस्ताव दर्ता गराइसकेका शर्मा आन्तरिक छलफलपछि राजीनामा दिन तयार भएका हुन् ।

केन्द्रमा नयाँ गठबन्धन बनेपछि कर्णालीको नेतृत्व एमालेका भागमा परेको छ । सोहीअनुसार प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुख्यमन्त्री शर्मालाई राजीनामा दिन निर्देशन दिएका थिए ।

तर, शर्माले राजीनामा नदिने बरु प्रदेशसभामा विश्वासको मत लिएपछि राजीनामा दिने अडान राखेका थिए ।

बुधबार एमाले संसदीय दलका नेता यामलाल कँडेलसँगको वार्तापछि शर्मा राजीनामा दिन तयार भएका हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved