अर्बपतिको सूचीमा ११७ स्थान तल झरे विनोद चौधरी, कति छ सम्पत्ति ?

नेपालभ्युज

अर्बपतिको सूचीमा ११७ स्थान तल झरे विनोद चौधरी, कति छ सम्पत्ति ?

काठमाडौं । नेपालका एक मात्र डलर अर्बपति विनोद चौधरी विश्वका अर्बपतिहरुको सूचीमा ११७ स्थान तल झरेका छन् ।

फोर्ब्सको रियल टाइम बिलिनियर्स सूचीअनुसार चौधरी अहिले १७६४औं स्थानमा रहेका छन् ।

सन् २०२३ मा चौधरी अर्बपतिहरुको सूचीमा १६४७औं स्थानमा थिए । तर, एकै वर्षमा उनको स्थान ११७ ले खस्किएको छ ।

सन् २०२३ मा चौधरीको कुल सम्पत्ति १.८ बिलियन डलर रहेको थियो भने सन् २०२४ मा पनि उनको सम्पत्ति बढेको छैन ।

फोर्ब्सका अनुसार सन् २०१९ मा चौधरीको सम्पत्ति १.७ बिलियन डलर रहेकोमा २०२० र २०२१ मा घटेर १.४ बिलियन पुगेको थियो ।

सन् २०२२ मा उनको सम्पत्तिमा केही वृद्धि भएर १.५ बिलियन अमेरिकी डलर पुगेको थियो । सन् २०२३ मा उनकाे सम्पत्ति बढेर १.८ बिलियन डलर पुगेको थियो ।

त्यसपछि भने चौधरीको सम्पत्ति स्थिर अवस्थामा रहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved