ग्लोबल आइएमई बैंक र अलोइबीच ग्रीन फाइनान्सिङ प्रवर्द्धनका लागि समझदारी

नेपालभ्युज

ग्लोबल आइएमई बैंक र अलोइबीच ग्रीन फाइनान्सिङ प्रवर्द्धनका लागि समझदारी

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ग्रिन फाइनान्सिङ प्रवर्द्धन गर्न अलोइ प्राइभेट लिमिटेडसँग समझदारी पत्रमा हस्ताक्षर गरेको छ ।

समझदारीपछि ग्लोबल आइएमई बैंकले अलोइको कर्जा अनुगमन प्रणालीलाई प्रयोग गरी विभिन्न क्षेत्रका कर्जासँग सम्बन्धित सेवाको प्रभावकारी कार्यान्वयन गर्न सक्नेछ ।

समझदारीले वातावरण मैत्री क्षेत्रमा कर्जा प्रवाह र प्रवद्र्धन गर्न थप मद्दत पुग्ने बैंकको विश्वास छ ।

ग्लोबल आइएमई बैंकका तहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको छ । बैंक(Bank)बाट ४६ लाख भन्दा बढी ग्राहकले सेवा लिएका छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved