गुल्मीमा शिक्षाको ज्योती छर्ने हिमालय माविका संस्थापक पन्थीको शालिक स्थापना

नेपालभ्युज

गुल्मीमा शिक्षाको ज्योती छर्ने हिमालय माविका संस्थापक पन्थीको शालिक स्थापना

काठमाडौं । गुल्मीमा शिक्षाको ज्योती छर्ने स्व.पं. ऋषिराम उपाध्याय पन्थीको सम्मानमा धुर्कोट वस्तुस्थित हिमालय माविमा शालिक स्थापना गरिएको छ ।

पन्थीले वि.सं. १९८१ सालमा वस्तुको हटियामा संस्कृत पाठशाला स्थापना गरेका थिए । त्यही पाठशाला पछि गएर हिमालय मावि बनेको हो । धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोखरेल र ऋषिरामका छोरा ९३ वर्षिय खिमराज पन्थीले संयुक्त रुपमा शालिक अनावरण गरे ।

पं. पन्थीका सन्तानले मिलेर बनाएको शालिक विद्यालयको वार्षिकोत्सवका अवसरमा प्राङ्गडमा स्थापना गरिएको हो । उक्त अवसरमा पन्थी परिवार र आफन्तका तर्फबाट विद्यालयको शैक्षिक विकासका लागि ५ लाख रुपैयाँ समेत हस्तान्तरण गरिएको थियो ।

वि.सं. १९५२ सालमा जन्मिएका ऋषिराम उपाध्याय पन्थीले १९८१ सालमा वस्तुको हटियामा संस्कृत पाठशाला स्थापना गरि २०१६ सालसम्म अध्यापन गरेका थिए । त्यसअघि उनी १० वर्षसम्म बागलुङको संस्कृत पाठशालामा प्रधानाध्यापक थिए ।

विद्यालयले आफ्नो किताबमा पनि स्व. पन्थीको जिवनी समावेश गरेको छ ।

 

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved