अप्रिल फुलको दिन सार्वजनिक भएको थियो जिमेल, गुगलको उट्पट्याङले पत्याएनन् प्रयोगकर्ताले

नेपालभ्युज

अप्रिल फुलको दिन सार्वजनिक भएको थियो जिमेल, गुगलको उट्पट्याङले पत्याएनन् प्रयोगकर्ताले

काठमाडौं । गुगलका सहसंस्थापक ल्यारी पेज र सर्गेई ब्रिनलाई ठट्टा गर्ने साह्रै मन पर्थाे । उनीहरु अप्रिल फुल (अप्रिल १ तारिख)को दिन केही नयाँ चिज बजारमा ल्याउँथे ।

अप्रिल फुलको दिन कुनै व्यक्तिले पहिले झुटो कुरा गरेको छ र पछि अप्रिल फुल भनेको छ भने मानिसहरूलाई अर्को पटकबाट उनीहरूका कुरा विश्वास गर्दैनन् ।

एक वर्ष अप्रिल फुलकै दिन गुगलले पोस्ट राख्दै चन्द्रमामा रहेको कोपर्निकस अनुसन्धान केन्द्रमा जागिर खुलेको जानकारी दिएको थियो ।

अर्को वर्ष गुगलले आफ्नो सर्च इन्जिनमा ‘स्क्र्याच र स्निफ’ फिचर ल्याउने योजना भएको भन्दै पोस्ट राख्यो । यस्ता उट्पट्याङ आइडिया अप्रिल फुलका दिन गुगलले सार्वजनिक गर्ने भएकाले मानिसहरू जहिले ती कुरालाई मजाकका रूपमा हेर्थे र झट्ट विश्वास गर्दैनथे । प्रयोगकर्ताहरु पनि यसबाट आजित भैसकेका थिए ।

त्यही हाँसी मजाक गर्ने कम्पनीका संस्थापक पेज र ब्रिनले २० वर्षअघि अप्रिल १ तारिखका दिन कसैले नपत्याउने गरी लोकप्रिय सामाजिक सञ्जाल जिमेल सार्वजनिक गरे ।

२० वर्षअघि प्रत्येक अकाउन्टलाई एक गिगाबाइट (जीबी) स्टोरेज दिने निःशुल्क सेवा अविश्वसनीय जस्तै थियो ।

त्यतिबेला १ जीबीसम्मको स्टोरेज भएको ईमेल सेवा त्यो पनि निःशुल्क कसैले कल्पना नै गरेको थिएनन् । अहिले आईफोनले १ टीबी स्टोरेज दिएको जत्तिकै त्यतिबेला जिमेलको १ जीबी स्टोरेज महत्त्व थियो ।

स्टोरेजका साथसाथै गुगलले जिमेलमा फोटो, ईमेल र अन्य डकुमेन्ट सहजै खोज्न सकिने फिचर पनि ल्याउने बताएको थियो ।

त्यति बेला अर्थात् सन् २००४ को अप्रिल १ मा एसोसिएटेड प्रेसले यसबारे समाचार प्रकाशित गर्दा पाठकले समाचार एजेन्सी गुगलको ठट्टामा परेको टिप्पणी गरेका थिए । सधैँ उट्पट्याङ आइडिया बाँड्ने गुगलले फेरी नयाँ कुरा ल्यायो भनेमा प्रयोगकर्ताहरूले विश्वास गरेका थिएनन् ।

तर, त्यही जिमेलले अहिले विश्वमा ठूलो बजार लिएको छ । विश्वभर यसका एक अर्ब ८० करोड सक्रिय प्रयोगकर्ता छन् ।

गुगलले अहिले जिमेलमा १५ जीबीसम्म निःशुल्क स्टोरेज दिन्छ । जिमेलसँगै गुगल फोटोज र गुगल ड्राइभ पनि यसका महत्त्वपूर्ण सेवा हुन् ।

जिमेलपछि गुगल म्याप र गुगल डकले पनि निकै धेरै प्रयोगकर्ता पाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved