साता लामो चीन भ्रमण गरेर परराष्ट्रमन्त्री श्रेष्ठ आज स्वदेश फर्किदै

नेपालभ्युज

साता लामो चीन भ्रमण गरेर परराष्ट्रमन्त्री श्रेष्ठ आज स्वदेश फर्किदै

काठमाडौं । परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ साता लामो चीन भ्रमण गरेर आज स्वदेश फर्किदैछन् ।

औपचारिक भ्रमणका लागि मन्त्री श्रेष्ठ चैत १२ गते चीन प्रस्थान गरेका थिए । चिनिया विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणा चीन गएका मन्त्री श्रेष्ठले चिनिया जनराजनीतिक परामर्श सम्मेलन (सीपीपीसीसी) का अध्यक्ष वाङ हुनिन, चिनिया समकक्षी वाङ यीलगायत उच्च राजनीतिक नेतृत्वसँग भेटवार्ता गरेका छन् ।

बेइजिङ(Beijing)मा रहँदा श्रेष्ठले नेपाली दूतावासमा आयोजित पूर्वलगानी सम्मेलनलाई सम्बोधन गरे यस क्रममा उनले चिनिया व्यवसायीलाई नेपालमा लगानीका लागि आह्वान गरेका थिए ।

मन्त्री श्रेष्ठले चीनको सिजाङ स्वायत्त क्षेत्रका पार्टी सचिव वाङ झुङहेङसँग भेट गरी नेपाल–चीन सीमा क्षेत्रका नागरिकले व्यहोर्नुपरेको समस्या समाधान गर्न आग्रह गरे । उपप्रधानमन्त्री श्रेष्ठ नेतृत्वको प्रतिनिधिमण्डलले तिब्बतमा रहेको कैलाश मानसरोवर क्षेत्रको अवलोकनसमेत गरेको थियो ।

भ्रमणका क्रममा सिचुवान प्रान्तको छेन्दु पुगेका मन्त्री श्रेष्ठले सिचुवान जनसरकारका गभर्नर हुवाङ सियाङसँग पनि भेट गरी नेपालमा लगानीका लागि आग्रह गरेका छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved