बागमती प्रदेशका मुख्यमन्त्री जम्मकट्टेलले आज विश्वासको मत लिदै, गठबन्धनकै छैन भर

नेपालभ्युज

बागमती प्रदेशका मुख्यमन्त्री जम्मकट्टेलले आज विश्वासको मत लिदै, गठबन्धनकै छैन भर

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज तेस्रो पटक विश्वासको मत लिने तयारी गरेका छन् ।

दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्रीले विश्वासको मत(Vote Of Confidence) लिने कार्यसूची छ ।

सत्ता समीकरण फेरिएसँगै नेपाली कांग्रेस सरकारबाट बाहिरिएपछि जम्मकट्टेलले विश्वासको मत लिनु परेको हो । १ सय १० सदस्यीय बागमती प्रदेशमा नयाँ समिकरण अनुसार एमाले, माओवादी केन्द्र र नेकपा एसका ५५ सांसद छन् । बहुमत पुर्याउन ५६ सांसदको आवश्यक पर्छ ।

बहुमत पुर्याउनकै लागि मुख्यमन्त्री जम्मकट्टेलले गत बिहिबार हाम्रो नेपाली पार्टी (हानेपा) का संसदीय दलका नेता शैलेन्द्रमान बज्राचार्यलाई मन्त्री बनाएका छन् । पार्टी निर्णयविपरीत बज्राचार्य मन्त्री बन्न गएको भन्दै हानेपाले उनलाई कारबाही गर्ने बताइसकेको छ । हानेपाका २ सांसद छन् ।

यसैबीच सत्तागठबन्धन भित्रै रहेको नेकपा एकीकृत समाजवादीले समेत विश्वासको मत नदिने चेतावनी दिदै आएको छ । अध्यक्ष माधवकुमार नेपालले कम्तीमा एउटा प्रदेशको मुख्यमन्त्री र महत्वपूर्ण राजनीतिक नियुक्तमा बराबरी भाग खोज्दै विश्वासको मतलाई देखाएर मओवादी र एमालेसँग बार्गेनिङ्ग गरिरहेको छ ।

संसदको ठूलो दल नेपाली कांग्रेससँग ३७ सांसद छन् । विश्वासको मतलाई फेल गराएर आफ्नो नेतृत्वमा सरकार बनाउने कसरतलाई कांग्रेसले पनि तिब्र बनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved