नेपालगञ्जमा युवकको शव फेला

नेपालभ्युज

नेपालगञ्जमा युवकको शव फेला
सांकेतिक तस्विर

नेपालगञ्ज । बाँकेको नेपालगञ्जमा एक युवकको शव फेला परेको छ । नेपालगञ्ज उपमहानगरपालिका–२१ विर्तामा स्थानीय २० वर्षीय युवक अरबी खाँको शव आइतबार फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए । उनले भने “घाँटीमा धारिलो हतियार प्रहार गरेर खाँको हत्या गरिएको खुलेको छ ।” उनको शव परीक्षणका लागि भेरी अस्पतालमा राखिएको छ ।

अस्पतालमा आगलागी

यसैबीच बाँकेको खजुरा गाउँपालिकास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा आज आगलागी भएको छ । विद्युत् ‘सर्ट’ भएर अस्पतालको सिटी स्क्यान कक्षमा आगलागी प्रहरी नायब उपरीक्षक डाँगीले जानकारी दिए । दमकलको सहयोगमा आगो निभाइएको प्रहरीले जनाएको छ । रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved