क-कसले लेख्दैछन् आगामी आर्थिक वर्षको बजेट ?

नेपालभ्युज

क-कसले लेख्दैछन् आगामी आर्थिक वर्षको बजेट ?

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले बजेट मस्यौदा लेखन समिति गठन गरेका छन्।

मन्त्री पुनले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट वक्तव्य लेखनका लागि शुक्रबार छ सदस्यीय समिति गठन गरेका हुन् ।

सहसचिव धनीराम शर्माको संयोजकत्वमा गठित समितिमा सहसचिवहरू रितेशकुमार शाक्य, महेश आचार्य, रामप्रसाद आचार्य, ईश्वरी अर्याल र पार्वती शर्मा सदस्य छन् ।

समितिका संयोजक शर्माले शनिबार नै बैठक बसेर कामको सुरूवात गर्ने जानकारी दिएका छन् ।

संविधानमा जेठ १५ गते संघीय संसदमा बजेट प्रस्तुत गर्नुपर्ने व्यवस्था छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved