दैनिक कीर्तिमान बनाउँदै सुनको मूल्य, आज कतिमा हुँदैछ किनबेच ?

नेपालभ्युज

दैनिक कीर्तिमान बनाउँदै सुनको मूल्य, आज कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले दैनिक कीर्तिमान बनाउन थालेको छ ।

बिहीबार प्रतितोला १ लाख २७ हजार ९ सय रुपैयाँमा कारोबार भएर कीर्तिमान बनाएको सुनले शुक्रबार पुन: कीर्तिमान बनाएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा २ हजार १ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ३० हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

तेजाबी सुनको मूल्य तोलाको १ लाख २९ हजार ४ सय रुपैयाँ कायम भएको छ ।

यस्तै, शुक्रबार चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेर प्रतितोला १ हजार ५ सय २५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved