राज्य व्यवस्था तथा सुशासन समितिमा पुगे गृहमन्त्री लामिछाने

नेपालभ्युज

राज्य व्यवस्था तथा सुशासन समितिमा पुगे गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा पुगेका छन् ।

सिंहदरबारमा बस्ने बैठकमा गृह मन्त्रालयसँग सम्बन्धित समसामयिक विषयमा छलफल गर्ने कार्यसूची छ ।

मन्त्रालयको काम कारबाहीका विषयमा छलफल गर्न लामिछानेलाई बोलाएको समितिले जनाएको छ ।

बैठकमा गृहसचिव, नेपाल प्रहरीका महानिरीक्षक र केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) प्रमुखलाई पनि बोलाइएको छ।

#RabiLamichhane


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved