अनार र मेवाको मिश्रण स्वास्थ्यका लागि वरदान

नेपालभ्युज

अनार र मेवाको मिश्रण स्वास्थ्यका लागि वरदान

एजेन्सी । फलफूल हाम्रो स्वास्थ्यका लागि एकदमै फाइदाजनक हुन्छन् । फलफूलको सेवनले शरीरमा एकदमै छिटो ऊर्जा पनि आउँछ र विभिन्न रोगबाट पनि बचाउँछ ।

अनार र मेवाको मिश्रण

अनारमा भिटामिन सी, आइरन, पोटाशियम, जिंक जस्ता तत्व पाइन्छ । त्यस्तै मेवामा फाइबर, भिटामिन सी, एन्टीअक्सीडेन्ट्स पाइन्छन् । यी तत्व शरीरका लागि एकदमै आवस्यक र फाइदाजनक हुन्छन् ।

  • अनार र मेवा साथमा खाँदा विभिन्न फाइदा पाउन सकिन्छ । यसले शरीरसँगै दिमागलाई पनि फाइदा गर्छ ।
  • मेवा र अनारसँगै सेवन गर्दा मल्टीभिटामिनको काम गर्छ । यसको सेवनले शरीर सुन्निएको पनि कम हुन्छ ।
  • यी दुवैको मिश्रणले एनिमियाको समस्यामा पनि एकदमै फाइदा गर्दछ । यसको सेवन साथमा गर्दा शरीरमा रगतको कमी हुँदैन ।
  • अनार र मेवाको सेवनले शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढ्छ जसले गर्दा संक्रामक रोगबाट पनि बच्न सकिन्छ । यसबाहेक शरीरमा पानीको कमी पनि हुँदैन ।
  • मेवामा पर्याप्त मात्रामा फाइबर हुन्छ जसले पाचन सम्बन्धी समस्या कम गर्छ र कब्जियत आदिको समस्या पनि हुँदैन ।
  • यी दुवै फलमा पाइने तत्वले शरीरसँगै दिमागका कोषिका बढाउन पनि सहयोग गर्छ ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved