नेप्सेमा भारी गिरावट, परिसूचक दुई हजारको विन्दुमा 

नेपालभ्युज

नेप्सेमा भारी गिरावट, परिसूचक दुई हजारको विन्दुमा 

काठमाडौं । साताको कारोबारको पहिलो दिन नेप्सेमा भारी अंकको गिरावट भएको छ । आइतबार फागु पर्व परेकाले बन्द भएको नेप्सेमा सोमबार दोहोरो अंकको गिरावट आएको हो ।

सोमबार नेप्से परिसूचक १७ दशमलव ०१ अंकले घटेर २०३१ दशमलव ५५ को विन्दुमा पुगेको छ । आज ३०४ कम्पनीका ४४ हजार २ सय ३६ पटकको कारोबारमा ७० लाख ६१ हजार ०१२ कित्ता सेयर किनबेच भएको छ ।

जसमा कारोबार रकम भने २ अर्ब ४८ करोड ९१ लाख १८ हजार ४ सय ८५ रुपैयाँ रहेको छ ।

त्यस्तै, क वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ४ दशमलव ६४ अंकले घटेर ३६० दशमलव ७७ को विन्दुमा पुगेको छ ।
सोमबार हाइड्रोपावर कम्पनीको समूहमा लगानीकर्ता झुम्मिएका छन् भने सबैभन्दा कम कारोबार गर्ने क्षेत्र कर्पोरेट डिभेन्चर रहेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved