सिउँडीका पात पनि हुन्छन् एकदमै फाइदाजनक

नेपालभ्युज

सिउँडीका पात पनि हुन्छन् एकदमै फाइदाजनक

एजेन्सी । आयुर्वेदमा सिउँडीलाई एकदमै महत्व दिइएको छ । विभिन्न रोग ठिक गर्नका लागि यसको उपयोग गरिन्छ । आज यसका फाइदा बारे जानौं ।

सिउँडीको प्रयोग दाँतको दुखाई, कानको दुखाई जस्ता समस्या ठिक पार्न गरिन्छ ।

कानमा दुखाई हुँदा दिनभरको कामकाजमा पनि नराम्रो प्रभाव पर्छ । कानको दुखाईबाट राहत पाउन चाहनुहुन्छ भने सिउँडीको प्रयोग गर्न सकिन्छ ।

त्यस्तै सिउँडीलाई जोर्नीको दुखाईका लागि पनि प्रयोग गर्न सकिन्छ । साथमा यसले जोर्नी सुन्निएको पनि निको हुन्छ ।

सिउँडी पेटका लागि पनि फाइदाजनक हुन्छ । यसको सेवनले पाचन प्रणाली पनि राम्रो हुन्छ । साथमा यसले ग्यास, अपच र कब्जियतको समस्या पनि कम हुन्छ ।

दाँतको दुखाई ठिक गर्न पनि सिउँडीको प्रयोग गर्न सकिन्छ । यसका लागि सिउँडीलाई दुधमा मिसाएर पिउनु पर्दछ ।

घाउ निको पार्न पनि सिउँडीको प्रयोग गर्न सकिन्छ । यसमा हुने पोषक तत्वले घाउ छिटो निको बनाउँछन् । त्यस्तै यसको फूललाई पनि विभिन्न परिकार बनाएर खान सकिन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved