कपरको कमी हुँदा शरीरमा देखिने समस्या

नेपालभ्युज

कपरको कमी हुँदा शरीरमा देखिने समस्या

एजेन्सी । खराब खानपान र औषधीको अत्यधिक सेवनले गर्दा शरीरमा कपरको कमी हुन थाल्छ ।

शरीरलाई स्वस्थ राख्नका लागि चाहिने अनिवार्य पोषक तत्व मध्ये एकमा कपर पनि पर्दछ । त्यसैले यसको कमीले शरीरमा विभिन्न समस्याहरु आउन सक्छन् ।

विशेषज्ञका अनुसार शरीरमा कपरको कमीले गर्दा एनिमिया, जोर्नी दुखाई तथा स्मरण शक्ति कमजोर हुने जस्ता समस्याहरु देखिन थाल्छन् ।

जानौं कपरको कमीले हुने समस्याबारे ।

शरीरमा कपरको कमी हुँदा स्मरण शक्ति कमजोर हुन थाल्छ । कपरले दिमागमा ऊर्जा पुर्याउने काम गर्छ र यस्तोमा यसको कमीले मस्तिष्कमा एकदमै नराम्रो असर गर्दछ ।

कपरले हड्डीहरुलाई पनि बलियो बनाउन सहयोग गर्छ । त्यसैले शरीरमा कपरको कमी हुँदा पनि हड्डीहरु कमजोर हुन थाल्छन् । साथमा यो अस्टियोपोरोसिसको कारण पनि बन्न सक्छ ।

शरीरमा कपरको कमी हुँदा जोर्नीहरु दुख्ने गर्छन् । साथमा यो अर्थराइटिस अर्थात वाथ जस्तो रोगको कारण पनि बन्न सक्छ ।

शरीरमा कपरको कमीले गर्दा एनीमियाको खतरा धेरै गुणाले बढ्छ । त्यसैले शरीरमा कपरको समस्या हुन दिनु हुँदैन ।

शरीरमा कपरको कमी हुँदा थकान र कमजोरी महसुस हुन थाल्छ । कपरको कमी हुँदा शरीरमा ऊर्जाको स्तर एकदमै कम हुन्छ जसले गर्दा थकान महसुस हुन्छ ।

शरीरमा कपरको कमी पूरा गर्न सीमी, आलु, डार्क चकलेट, पालक र हरियो तरकारी खान सकिन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved