चरा आएपछि पोखरा विमानस्थल बन्द र खुल्ने क्रम जारी, धपाउन सकस

नेपालभ्युज

चरा आएपछि पोखरा विमानस्थल बन्द र खुल्ने क्रम जारी, धपाउन सकस

काठमाडौं । चरा र किरा फट्याङ्ग्राका कारण आइतबार पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बन्द हुने र खुल्ने भइरहेको छ ।

धावनमार्गमा किराफट्याङ्ग्रा निस्किएपछि चराहरू आएका कारण उडान बन्द गर्नु परेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलकी प्रवक्ता जसोदा सुवेदीले बताइन् ।

बुद्ध एअर र यती एअर प्रभावित बनेका छन् । बिहान ८ बजेअघि यतिका २ र बुद्धको एउटा विमान पोखरामा अवतरण भएको थियो । पछि चरा देखिएपछि विमानस्थल बन्द भएका कारण बुद्ध र यतिका १÷१ वटा विमान पुनः काठमाडौं फर्किएका थिए ।

बदलिँदो मौसमसँगै धावनमार्गमा किराफट्याङ्ग्रा निस्किए । किरा आएपछि चराहरू आए । चरा आएपछि विमान ल्यान्ड हुन सकेन । यसैले केही समय उडान बन्द गर्नु परेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलकी प्रवक्ता जसोदा सुवेदीले बताइन् ।

प्रवक्ता सुवेदीका अनुसार आइतबार बिहान ८ः०५ बजेदेखि ११ः३० सम्म उडान र अवतरण बन्द गरिएको थियो ।

धावनमार्गमा रहेका किराफट्याङ्ग्रा विमानस्थलको दमकलबाट पानी फ्याँकेर सफा गरिएको छ । साथै चराहरू पनि धपाइएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved