काठमाडौं महानगरपालिका भित्र घर बनाउदै हुनुहुन्छ ? यस्ता छन् नयाँ मापदण्ड र नियम

नेपालभ्युज

काठमाडौं महानगरपालिका भित्र घर बनाउदै हुनुहुन्छ ? यस्ता छन् नयाँ मापदण्ड र नियम
फाइल तस्वीर

काठमाडौं । काठमाण्डौ महानगरपालिकाले आगामी वर्षदेखि नयाँ नियम लागु गर्ने भएको छ । महानगरपालिकाले आगामी वैशाख १ गतेदेखि २ चरणमा भवन नक्सा स्वीकृत गर्ने नियम ल्याउने भएको हो ।

महानगरपालिकाले जारी गरेको ‘भवन निर्माण मापदण्ड २०८० अनुसार दुई चरणमा नक्सापास गर्ने उल्लेख छ । सुरक्षित भवन निर्माणका लागि प्लिन्थ लेभलसम्मको एक चरणमा र यसभन्दा माथिल्लो भागको अर्को चरणमा नक्सा स्वीकृत गर्ने महानगरपालिकाले जनाएको छ ।

व्यवसायिक तथा अन्य ठूला भवन निर्माण गर्दा अनिवार्य रुपमा आकस्मिक विपद व्यवस्थापन योजना पेश गर्नु पर्नेछ । भित्री सहरी क्षेत्रमा एक तला र बाहिरी क्षेत्रमा २ तला बेसमेन्ट बनाउन सकिने व्यवस्था रहेको छ ।

१७ मिटर भन्दा अग्ला वा १० हजार स्क्वायरफिटभन्दा धेरै क्षेत्रफल भएका भवन बनाउँदा अनिवार्य भूप्राविधिक अनुसन्धान गर्नुपर्ने व्यवस्था गरिएको छ ।

जुनसुकै प्रयोजनका लागि ४ आनाभन्दा धेरै क्षेत्रफल भएको जग्गामा भवन निर्माण गर्दा २० प्रतिशत क्षेत्रफल अनिवार्य पार्किङ् प्रयोजनको हुनुपर्नेछ ।

५ हजार वर्गफिटसम्म क्षेत्रफल हुने भवनको नक्सा भने वडाबाटै स्वीकृत हुने छ । ५ हजार भन्दा धेरै क्षेत्रफल भएका भवनको नक्सा भने महानगरपालिकाबाट स्वीकृत हुने छन् ।

भवन निर्माणका लागि आवदेन इलेक्ट्रोनिक बिल्डिङ्क परमिट सिस्टम (इबीपीएस) बाट दिन सकिने छ । यस प्रणालीबाट आवेदन दिइसकेपछि बायोमेट्रिक गर्नबाहेक अरु प्रक्रियाका लागि कार्यालय जानु नपर्ने पनि महानगरपालिकाले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved